केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कलाकार दीपक क्षेत्रीको सहयोगार्थ फुटबल

सहयात्रा टिभी

काठमाडौं । बिरामी कलाकार दीपक क्षेत्रीको सहयोगार्थ काठमाडौंमा बुद्धिजिवी र कलाकारबीच फुटबल प्रतियोगिता गरिएको छ । बक्स अफिस फिल्म क्लब नेपालले गरेको प्रतियोगितामा कलाकारले बुद्धिजिबीलाई ३–० गोल अन्तरले हराए । कलाकार टोलिबाट शंकर बिसी, आकाश खवास र हरि डाँगीले गोल गरेका थिए । कलाकार समुहबाट आरके सुवेदी, शिव श्रेष्ठ, धिरेन शाक्य, कमल मैनाली, माधब कुमार नेपाल, डम्बर नेपाल, जयकिसन बस्नेत, दिनेश शर्मा, सुशील क्षेत्री, एनबि महर्जन , सुनिल कटुवाल , सितल केसी, हरि डांगी कृष्ण रेउले शंकर, केदार घिमिरे, आकाश खबास, करन श्रेष्ठ , पल शाह, पुजा शर्मा लगायत सहभागी थिए । खेलबाट उठेको रकम कलाकार दीपक क्षेत्रीलाई प्रदान गरिएको छ ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्