केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हारका बावजुत रियल मेड्रिड फाइनलमा, उपाधिका लागि युभेन्टसको सामना गर्ने

सहयात्रा टिभी

बिबिसि । रियल म्याड्रिड र युभेन्टस च्याम्पियन्स लिग फुटबलको उपाधिका भिड्ने भएका छन् ।
सेमिफाइनलको दोस्रो लेगमा एथ्लिट्को मेड्रिडसंग दुई–एक गोल अन्तरले पराजित भएपनि समग्रमा चार–दुईको नजिताका साथ रियल फाइनल प्रवेश गरेको हो । उपाधिका लागि अब रियलले युभेन्टससंग प्रतिष्पर्धा गर्नेछ । गएराति सम्पन्न खेलमा एथ्लिट्को म्याड्रिडले १२ औं मिनेटमा साउल निगुएज र १६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलमार्फत अग्रता लियो । ४२ औं मिनेटमा रियलका इस्कोले एक गोल फर्काए । पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन रियल तीन शुन्यले विजयी भएको थियो । यसअघि सेमिफाइनलको दोस्रो लेगमा मोनाकोमाथि दुई–एकको जित निकाल्दै समग्रमा चार–एकको नजिताका साथ युभेन्टसले फाइनल यात्रा तय गरेको थियो ।।।।

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्