केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अभागी गुजरात, आज मुम्बइ र पञ्जाब भिडदै

सहयात्रा टिभी

भारत । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति दिल्लीले गुजरात लायन्समाथि दुई विकेटको जित निकालेको हो । १ सय ९६ रनको लक्ष्य दिल्लीले खेल सकिन दुई बल अगावै आठ विकेट गुमाएर पूरा गरेको हो । उसका लागि श्रेयस अइयरले ९६ रनको उत्कृष्ट इनिङ खेले । ५७ रनको सामना गर्दै दुई छक्का र १५ चौकाको मद्दतले श्रेयसले ९६ रन बनाए । बलिङतर्फ गुजरातका जेम्स फौंकनरले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित बीस ओभरमा पांच विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । उसका लागि आरोन फिन्चले ६९ तथा दिनेश कार्तिकले ४० रन बनाए । दिल्ली र गुजरात दुबै टोली अन्तिम चारबाट बाहिरि सकेका छन् । प्रतियोगिता अन्तर्गत आज मुम्बई इण्डियन्स र किंग्स एलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्