केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्र केपी ओलीले नेतृत्व गरेको सरकारमा सहभागी नहुने

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन-३, माओवादी केन्द्रले केपी ओलीले नेतृत्व गरेको सरकारमा सहभागी नहुने बताएको छ। बिहीबार प्रचण्ड निवासमा बसेको बैठकले माओवादी केन्द्रको बैठकले ले ओली सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको छ। एमाले र माओबादीको लिखित सहमती गर्नेबेलामा एमाले ले जनताको बहुदलीय जनबाद छोड्न नसक्ने बताए पछि हटेको माओबादीले आफ्ना शीर्ष नेताहरुसँगको छलफल पछि यस्तो निर्णयमा पुगेको हो ।

 

माओबादीले जनताको बहुदलीय जनबाद र २१औ शताब्दीको जनबाद दुबैलाई थाँती राख्दै महाधिबेसनसम्म जाने प्रस्ताब गरेतापनि एमालेले जबज छोड्न नसक्ने बताएपछि यी दुई पार्टी बैचारीक रुपमा टाढिएका हुन । एमालेले मन्त्रीपरिषदको बिस्तार लागी २ जना मन्त्रीको नाम माओबादी सँग मागेको भएता पनि माओबादीले नाम पठाएको छैन ।

प्रकाशित : 15 February, 2018

प्रतिक्रिया दिनुहोस्