केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालबीच आज विहान भेटवार्ता भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच खटपट देखिएसँगै एकता प्रक्रियामा अन्योल उत्पन्न भएको भनिएको बेला मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सेरोफेरोमा दुई पार्टीबीच देखिएको विवादका सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतिय प्रधानमन्त्री मोदीको भ्रमण विषयमा नेकपा माओवादी केन्द्रसंग कुनैपनि छलफल नगरेको भारतसँग अरुण तेस्रोको सम्झौतामा विभागिय मन्त्रीलाई नसमेटेको लगायतका विषयमा माओवादी एमाले र प्रधानमन्त्री ओलीसँग असन्तुष्ट भएको बताइएको छ ।

भेटमा पार्टी एकताका क्रममा देखिएका विमतीलाई हल गरी चाँडोभन्दा चाँडो एकता गर्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्