केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको सहयात्रामा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल (प्रोमो सहित)

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१, चन्दा प्रोडक्सनद्धारा निर्मित कार्यक्रम सहयात्रमा आज बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.भोला रिजालसंगको विशेष अन्तवार्ता नेपाल टेलिभिजनवाट प्रशारण हुँदैछ । विभिन्न सामाजिक विषयवस्तुहरु समेटि साप्ताहिक रुपमा प्रशारण हुने कार्यक्रम सहयात्रामा आज डा. रिजालसँगको सहयात्रा सम्वाद प्रशारण हुने भएको हो ।

डा. रिजालसँगको अन्तवार्ता नेपाल टेलिभिजनबाट आज असोज १ गते साँझ ५ः३० बजे र पुनः प्रशारण असोज २ अर्थात मंगलबार बिहान १०ः३० बजे प्रशारण हुनेछ । नेपालमै पहिलो पटक टेस्ट्युव बेबी जन्माउने प्रविधिको थालनी गरेर नेपाललाई विश्वमा चिनाउने डा. रिजालको अन्तवार्तामा उहांसंग जोडिएका पेसागत स्वास्थ्य पैरवी सम्वाद समेटिएको छ ।

चन्दा प्रोडक्सनकी प्रबन्ध निर्देशक चन्दा घिमिरेसंग गरिएको सो सम्वादमा चिकित्सा पेसालाई मस्तिष्क र संगीतलाई मुटु मान्ने डा. रिजालले अन्तवार्तामा गीत संगीतप्रतिको आफ्नो लगाव र झुकावप्रति पनि स्पष्ट पार्नु भएको छ । डा रिजालले लामो समय देखि काम गर्दै आएको ओम अस्पताल छाडेर अन्य अस्पतालमा सर्नुको वास्तविकता पनि अन्तवार्तामा उल्लेख गरिएको छ ।

प्रोमो सहित:-

 

प्रकाशित : 17 September, 2018

प्रतिक्रिया दिनुहोस्