केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असुरक्षित गर्भपतनको तथ्याङ्क बढ्दै, सम्बन्धित निकायको पहल कतिको प्रभावकारी !!!(सम्पादकीय)

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय : विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्क अनुसार विश्वमा वर्षेनी २ करोड २० लाख महिलाहरुले असुरक्षित गर्भपतन गराउने गरेका छन् । विश्वमा ४७ प्रतिशत महिलाहरुको मृत्यु पनि असुरक्षित गर्भपतन कै कारणले हुने गर्छ ।

असुरक्षित गर्भपतन गराउनेहरुको संख्या नेपालमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो तथ्याङक अनुसार नेपालमा प्रति घण्टा २१ जना महिलाहरुले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । वर्षेनी ३ लाख २२ हजार महिलाहरुले गर्भपतन गराउँदा १ लाख ८६ हजार १ सय ४४ जना महिलाहरुले असुरक्षित गर्भपतन गराउने गरेको प्रजनन् स्वास्थ्य क्षेत्रमा क्रियाशिल अन्तराष्ट्रिय संस्था गुटामाचार इन्ष्टिच्युटले जनाएको छ ।

बढ्दो असुरक्षित गर्भपतनको तथ्याङ्कलाई अब पनि सामान्य रुपमा लिने हो भने यसले भोलीको दिनमा डरलाग्दो परिणाम ननिम्त्याउला भन्न सकिन्दैन् । जम्मा गर्भपतन गराउने महिलाहरुमा ४२ प्रतिशत महिलाहरुले सुरक्षित तरिका अपनाएका छन् भने बाँकि ५८ प्रतिशत महिलाहरुले आफ्नो शरिरलाई नै जोखिममा राखेर असुरक्षित विधि अपनाएको पाइएको छ ।

सामुदायीक क्षेत्रका करिब १३ प्रतिशत महिलाहरुको असुरक्षित रुपमा गरिएको गर्भपतन कै कारणले मृत्यु हुने गरेको छ । यो कुनै सामान्य तथ्याङ्क भने होइन । असुरक्षित गर्भपतन गराउने महिलाहरुको जीवन निकै जोखिममा हुने गर्छ । उनीहरुमा अत्याधिक रक्तश्राव हुने, संक्रमण देखिने, पाठेघरको मुख, प्रजनन अंग लागायतका संवेदनशिल अंगहरुमा समस्याहरु देखापर्न सक्छ । असुरक्षित गर्भपतनको कारण महिलाहरुमा शारिरीक, मानसिक र भावनात्मक समस्याहरु समेत देखिने गर्छ ।

नेपालमा गर्भपतनलाई सरकारले कानुनि मान्यता दिइसकेको लामो समय वितिसक्दा पनि असुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्या घट्नुको सट्टा तिव्रगतिमा बढिरहेको छ । यसमा पनि कम उमेरका र अविवाहित किशोरिहरुले गर्ने असुरक्षित गर्भपतनले उनीहरुको शारिरीक र मानसिक अवस्थामा नै जोखिम बढिरहेको छ । ५८ प्रतिशत महिलाहरुले असुरक्षित गर्भपतन गराउँदा दुई प्रतिशत अविवाहित किशोरिहरु हुने गरेको पाइएको छ । यसले कम उमेरका कलिला किशोरिहरुको शारिरीक अवस्थामा जोखिम त निम्त्याउँछ नै यसले समाजमा समेत नकारात्मक संस्कारको विकासमा मल पु¥याउँछ ।

बढ्दै गएको असुरक्षित गर्भपतनले भोलिको दिनमा देशमा भयावह स्थिति निम्त्याउनु पूर्व नै यसलाई नियन्त्रण गर्ने प्रयासमा लाग्नु जरुरी देखिन्छ । यसको लागी सम्बन्धित पक्षबाट समेत यस विषयलाई गम्भिरताका साथ लिइ आवश्यक पहल गर्नु अतिआवश्यक छ, होइन भने भोलिको दिनमा यसले देशमा भयावह अवस्था खडा गर्ने निश्चित छ ।

प्रकाशित : 19 November, 2018

प्रतिक्रिया दिनुहोस्