केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बर्गर किन्न बिल गेट्स लाइनमा उभिएपछि

सहयात्रा टिभी

एजेन्सी । माघ–९, विश्वका दोस्रो नम्बरका धनी मान्छे तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स बर्गरको पसल बाहिर लाइनमा उभिएको तस्वीर हाल सामाजिक संजालमा भाइरत भएको छ । धेरै वर्षसम्म विश्वको सबैभन्दा धनी व्यक्तिको रुपमा रही दुई वर्षअघि मात्र दोश्रोमा झरेका गेट्स जब बर्गर, फ्राइज तथा कोकाकोला किन्नका लागि लाइनमा उभिए थिए ।

माइक्रोसफ्टका एक पूर्वकर्मचारीले उक्त फोटो शेयर गरे । अमेरिकाको सीएटलमा रहेको डिक नामको रेष्टुरेन्टको बाहिर उनी अरु ग्राहकजस्तै गरी सामान्य रुपमा लाइनमा खडा छन् ।

बिल गेट्सको सम्पत्ति अहिले ९६ अर्ब डलरभन्दा धेरै छ । माइक्रोसफ्टका पूर्व प्रोग्राम म्यानेजर माइक गलोसले उनको त्यो तस्वीर शेयर गर्दै लेखेका छन्स् दुनियाँका धनी मानिससमेत यस्तो खाले व्यवहार देखाउँदछन् न कि ह्वाइटहाउसमा सुनको ट्वाइलेट सिटसँगै फोटो क्लिक गर्ने ।

प्रकाशित : 23 January, 2019

प्रतिक्रिया दिनुहोस्