केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्तो खालको कपडा जुन भोक लाग्दा खान मिल्छ

सहयात्रा टिभी

एजेन्सी । श्रावण–०२, दुनियामा यस्ता देशहरु पनि छन् । जस्ले अनौठा र अपत्यारीलो खालको उत्पादन गरिरहेका हुन्छन् । बिभिन्न अनौठो खालको आविश्कारहरु सार्वजनिक गरिरहेको बेला केहि महिना अगाडि उत्तर कोरियाले पनि यस्तै अनौठो खालको उत्पादन सार्वजनिक गरेको छ ।

बिभिन्न आणविकको आविश्कार गरिसकेको उत्तर कोरियाले यसपालि भने आणबिक नभई एक अनौठो खालको कपडा उत्पादन गरेका छन् । जस्ले सुन्नु भयो भने तपाईहरुलाई अनौठो नै लाग्छ । उत्तर कोरियाका तानाशाह किम जोङ उनले यस्तो खालको कपडा सार्वजनिक गरेका छन् ।

जुन भोक लाग्दा खान मिल्ने छ । पछिल्लो समय सो कुराले दुनियामा नै चर्चा छाएको छ । जुन कपडा जहाजमा यात्रा गर्ने, पर्वतारोही, साहसिक खेल लगाएतका लागि विशेष हुन्छ । उत्तर कोरियाको किम क्लोथिङ्ग अनुसन्धान केन्द्रले उत्पादन गरेको हो । जिउमा लगाएका यी कपडा खान सकिन्छ । पुरुषको लागि ज्याकेट तथा महिलाको आउटर शनेल कम्पनीको मोडलको नक्कल गरी बनाइएको छ ।

त्यस्तै गुची कम्पनीको मोडलको नक्कल गरी ह्याण्ड ब्याग तयार गरिएको छ । कपडा बनाइएको रेशामा फ्याब्रिक प्रोटिन, एमिनो एसिड, फलफूलको जुस, आइरन तथा क्याल्सियम प्रयोग गरिएको हुन्छ । त्यसैले त्यो कपडालाई सहजै खान मिल्दछ ।

प्रकाशित : 17 July, 2020

प्रतिक्रिया दिनुहोस्