केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालबालिकाको सकारात्मक सञ्चारका लागी परिवारको भुमिका महत्वपुर्ण

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०९, बालबालिकाले बोल्न थालेपछि उनीहरूलाई जति उत्प्रेरणा र प्रतिक्रिया मिल्छ, त्यत्ति नै छिटो उनीहरूको भाषा सीप विकास हुन्छ । कुनै पनि व्यक्तिसँग गर्भावस्थादेखि नै सञ्चार गर्ने क्षमताको निर्माण हुन्छ । गर्भमा रहेको शिशुले बाहिरको आवाज सुन्न सक्छ । गर्भावस्थामा नै आमा बुबा तथा परिवारको आवाज सुनेर शिशु पेटभित्र चल्न थाल्छ । शिशुले जन्मने वित्तिकै सञ्चार गर्न थाल्छ ।

 

शिशु जन्मने बित्तिकै आँखा जुधाएर रुनु नै उसको मुख्य सञ्चार हो। त्यसपछि शिशुहरु विस्तारै विभिन्न आवाज निकाल्दै, हाउभाउ वा शारीरिक सञ्चालन गर्दै, मुस्कुराउँदै, , खुट्टा चलाउने र औंलाले देखाउने हुँदै जान्छन् । अनि आआ उउ गर्दै एक शब्द, दुई शब्द गर्दै साना वाक्य बोल्न र सञ्चार गर्न सक्षम हुँदै जान्छ । बालबालिकाले बोल्न प्रयास थालेपछि उसलाई जति उत्प्रेरणा र प्रतिक्रिया मिल्छ, त्यत्ति नै छिटो बालबालिकाको भाषा सीप विकास हुन्छ ।शिशुले विभिन्न आवाज निकाल्न थालेपछि त्यसमा प्रतिक्रिया जनाउने, त्यही आवाज दोहोर्‍याउने गर्नुपर्छ । शिशुसँग सकेसम्म कुरा गर्ने र लोरी गाएर सुनाउनु पर्दछ । शिशुले हेरेर, ओठ चलाएर, मुस्कुराएर प्रतिक्रिया जनाउँछ ।शिशुको ध्यान केन्द्रित गर्ने क्षमतालाई बुझेर आमा बाबु र परिवारले कुरा गर्नु पर्दछ । टुकटुके हिड्ने अवस्थाका बालबालिका आफ्नो आवश्यकता सङ्केत, शब्द, हाउभाउ गरेर बताउँछन् । उनीहरूले भन्न खोजेको शब्द तथा कुरालाई अभिभावकले सजिलो रुपमा सिकाइदिनु पर्छ । यस समयमा शिशुसँग छोटो, सरल वाक्यको प्रश्नहरू सोधेर उनीहरूलाई बोल्न अभ्यास गराउनु पर्छ ।

बालबालिकाका लागी सकारात्मक सञ्चार

सकारात्मक वा सही सञ्चारले बालबालिकाको आधारभूत सुनाइ बोलाइ सीप सुनिश्चित हुन्छ । बालबालिकाले सकारात्मक हुन सिक्छन् तथा साँचो, स्पष्ट र सही बोल्न सिक्छन् ।

*कुरा गर्नु अघि बालबालिकालाई ध्यानाकर्षण गर्ने

*बालबालिकाको तहमा एक अर्काले देखिने गरी हेर्ने

*नम्रता, अनुरोध, आग्रह प्रेरणादायी शब्दको प्रयोग गर्ने

*आवश्यकता अनुसार मार्गदर्शन गर्ने

*उनीहरूको चाहना इच्छालाई पूरा गर्न नसकिने अवस्थामा झूठो आशा र हौसला नदिने

*बालबालिकाको कुरा सुन्न र उनीहरूसँग कुरा गर्दा समय दिने र इज्जत गर्ने

*बालबालिकालाई हो, छ, या सकारात्मक हौसला दिई उत्प्रेरित गर्ने

बालबालिकाका लागी कमजोर सञ्चार

*बढी निर्देशन, कडा र ठूलो आवाजमा, हेपेर कुरा गर्नु

*नकारात्मक , नगर, नहेर, नभन मात्र प्रयोग गर्ने

*चेपारो पारेर कुरा गर्नु

*गालीगलौज गर्दै प्रतिक्रिया दिने

*बेकार वा वाहियात ठानेर कुरा गर्नु

*खिल्ली उडाउने, गिज्याई राख्ने

 

(युनिसेफ नेपालबाट साभार)

प्रकाशित : 24 July, 2020

प्रतिक्रिया दिनुहोस्