केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतले भन्यो – “गौतम बुद्ध नेपालमै जन्मिएका हुन्”

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२६, भारतले गौतम बुद्ध नेपालमै जन्मिएको बताएको छ । नेपालको परराष्ट्र मन्त्रालयको प्रतिक्रियापछि भारतको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै उक्त कुरा जनाएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सञ्‍चारकर्मीको प्रश्‍नको जवाफ दिँदै गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्‍नेबारे कुनै शंका नभएको बताएका छन् ।उनले भने, ‘गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएकोमा कुनै शंका छैन ।’भारतीय विदेशमन्त्री जयशंकरले शनिबार एक भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै गौतम बुद्ध महान भारतीय भनेर चिन्‍ने गरेको बताएका थिए । उनले भनेका थिए, ‘गौतम बुद्ध र महात्मा गान्धीलाई हामीले मात्र होइन विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।’

यस विषयमा सञ्‍चारकर्मीको प्रश्‍नको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयले आइतबार नै गौतम बुद्धको जन्मस्थानबारेको बहस आवश्यक नभएको र यसबारे अन्तर्राष्ट्रिय समुदाय जानकार भएको बताएको छ ।परराष्ट्र मन्त्रालयले भनको छ, ‘यो सत्य हो कि बौद्ध धर्म नेपालपछि संसारको अन्य भागहरुमा फैलिएको हो । गौतम बुद्धको जन्मस्थानको विषयमा शंकारहीत र निर्विवादित छ, त्यसैले यो बहसको विषय हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे जानकार छ ।’नेपालको प्रतिक्रिया आए लगत्तै भारतको विदेश मन्त्रालयले विवादास्पद टिप्पणी सच्याएको हो । विज्ञप्तिमा भनिएको छ- ‘गौतम बुद्ध नेपालमा जन्मिएको बारे कुनै शङ्का छैन’

यसअघि सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै गौतम बुद्ध नेपालमै जन्मिएको बताएका थिए ।

प्रकाशित : 10 August, 2020

प्रतिक्रिया दिनुहोस्