केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज कृष्ण जन्माष्टमी

सहयात्रा टिभी

हरे राम हरे कृष्ण!
हरे कृष्ण हरे हरे!!
काठमाडौं । श्रावण –२७, संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ।हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट उनको जन्म भएको मान्यता रहिआएको छ । आज उनै भगवान श्री कृष्णको जन्मदिन ।

श्री कृष्णको परिचयका श्रृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू परिचित छन्, बदनाम छन् तर पनि सबैका प्रिय पात्र छन् उनी । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू–लोकमैं चर्चित छन् । सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् श्रीकृष्ण भगवान।गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाटचिनिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्णको मिलन र विवाहको प्रसंग भने इतिहासउल्लेख छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ ।कृष्णका कुरा गर्दा ुमीराुलाई पनि इतिहासले बिर्षन खोजेको जस्तो भान हुन्छ, मीरा वास्तवमा एक गृहस्ति जीवन व्यतित गरिरहेकी महिला थिइन जुन कृष्णको आकर्षण र अनुभूतीमात्रैले पनि सम्पूर्ण कुराहरु त्यागेर कृष्णको खोजिमा निस्किइन । मीराका भजनहरुमा र संगीतमा कृष्णमोह पाइन्छ, समर्पणको एउटा अनुकरणीय उदाहरण संसारले सिक्न जरुरी छ ।हामी मध्ये धेरैले कृष्ण र उनको अवतारलाई टिभी सिरियलहरुमा देखेका छौं, उनको अवतार र कृष्ण नामको पात्र हामी मन पनि पराउँछौं । उनको सुमधूर व्यक्तित्वको परिकल्पना पनि हामी गर्छौं । उनका वाक्यहरुमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, यूद्ध कौशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।श्रीकृष्णसम्म यो संन्देश पुग्ने हो भने उनको फेरि धर्तीमा आउने बेला भएको छ, धर्तीलाई माया चाहिएको छ ।हो आज तिनै भगवान श्री कृष्णको जन्मदिनमा चन्दा प्रोडक्सन तथा सहयात्राटिभिको तर्फबाट सबैलाई माया र उत्साहको शुभकामना !

प्रकाशित : 11 August, 2020

प्रतिक्रिया दिनुहोस्