केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लोप्चनले जन्माइन् पाँच किलोको छोरी

सहयात्रा टिभी

हेटौंडा। श्रावण–२७, चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत हेटौंडा उपमहानगरपालिका घर भएकी ३० वर्षीया सीता लोप्चनले हिजो (सोमबार)पाँच किलोग्रामकी छोरी जन्माएकी छिन्।


अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो । लोप्चनले हिजो बिहान ९ बजे छोरी जन्माएकी हुन् । आमा ११२ किलो भएका कारण समेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए ।भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताएकाछन् । चार किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने उनको भनाइ छ । लोप्चनको डा. प्रेक्षा सिंह, डा.मेनुका ताम्राकार,डा. बन्दना खनाल, डा. वसन्त शर्मा, डा. इन्द्रनारायण श्रेष्ठसहितको टोलीले शल्यक्रिया मार्फत बच्चा निकालेको अस्पतालले जनाएको छ । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको पनि अस्पतालले बताएको छ ।

प्रकाशित : 11 August, 2020

प्रतिक्रिया दिनुहोस्