केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ह्वाइट हाउस अगाडि चल्यो गोली

सहयात्रा टिभी

एजेन्सी । श्रावण–२७,राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार ह्वाइट हाउसमा नियमित ब्रिफिङका क्रममा थिए। ब्रिफिङकै बीचमा गोली चलेको आवाज आयो। उनी रोकिएर केहीबेर सुने। सुरक्षा गार्डले कानमा केही भने, त्यसपछि उनी बाहिरिए। केही मिनेटपछि ह्वाइट हाउसको बाहिर सुरक्षाका लागि गोली चलाइएको भन्दै उनी पुन: ब्रिफिङ कक्षमा फर्किए। ‘ह्वाइट हाउसको बाहिर गोली चलेको थियो’, ब्रिफिङ कक्षमा फर्किएपछि उनले भने, ‘अहिले सबै नियन्त्रित र ठिक देखिन्छ।’ उनले सधैँ ‘तुरुन्त’ र ‘प्रभावकारी’ प्रतिक्रिया दिने सेक्रेट सर्भिसलाई ब्रिफिङ कक्षबाट नै धन्यवाद दिए।

घटनाको केही समयपछि सेक्रेट सर्भिसले ट्वीटर मार्फत् एक अधिकारी गोली काण्डमा संलग्न रहेको जानकारी दियो। साथै त्यसबारे अनुसन्धान चलिरहेको पनि बतायो।गोली चल्दा दुई जना पुरुष घाइते भएको र दुवैलाई अस्पताल लगिए बताइएको छ।सीएनएनले ती पुरुष निशस्त्र रहेको स्रोतलाई उल्लेख गर्दै जनाएको छ।उक्त गोली एक बन्दुकधारीले ह्वाइट हाउसको नजिकै चलाएको र उनलाई समातिसकेको अधिकारीलेप्रष्ट्एको छ ।

प्रकाशित : 11 August, 2020

प्रतिक्रिया दिनुहोस्