केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युरोपा लिगको सेमिफाईनलमा ईन्टर मिलान

सहयात्रा टिभी

एजेन्सी । श्रावण–२७,सोमवार राति भएको खेलमा जितसँगै ईन्टर मिलान युरोपा लिगको सेमिफाईनलमा प्रवेश गरेको छ । उक्त खेलमा जर्मन क्लब बायर लिभरकुसन लाई २–१ को पराजित गर्दै ईन्टर अन्तिम ४ मा प्रवेश गरेको हो ।

लुकाकु युरोपा लिगमा लगातार ९ खेलमा गोल गर्न सफल रहे । निकोला बरेलाको गोलसँगै ईन्टरले १५ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । लुकाकुले २१ औं मिनेटमा ईन्टरको अग्रता दोब्बर बनाए ।काइ हाभटर्जले २४ औं मिनेटमा गोल गर्दै लिभरकुशनलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल भने हुन सकेनन् ।एन्टोनी कोन्टे नेतृत्वको ईन्टरले फाईनल प्रवेशका लागि अगष्ट १७ मा बासेल र शख्तर डोनेस्कबीचको विजेतासँग भिड्ने छ । सन् २०११ मा कोपा ईटालिया जितेको ईन्टर उपाधिको खोजीमा रहेको छ ।

प्रकाशित : 11 August, 2020

प्रतिक्रिया दिनुहोस्