केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिसहोमले सम्पन्न गर्यो ‘द स्ट्रिङ’ नामक राष्ट्रियस्तरको अंग्रेजी सांगीतिक प्रतियोगिताको दोश्रो चरण

सहयात्रा टिभी

काठमाडौं । भाद्र–०८, केहि समय अघि डिसहोमले डिजिटल प्लेटफर्ममार्फत ‘द स्ट्रिङ’ नामक राष्ट्रियस्तरको अंग्रेजी सांगीतिक प्रतियोगिता आयोजना गरेको थियो । अन्तर्राष्ट्रिय संगीत दिवसका अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिताको दोस्रो राउण्ड सुरु भएको छ ।

पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएका थिए जस अन्तरगत १० जना उत्कृष्ट प्रतिस्पर्धी २०७७ भाद्र ६ गते छनौट भएका छन् । सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा उत्कृष्ट १० जना छनौट भएका थिए । छनौट भएका प्रतिस्पर्धीहरु क्रमस रिया श्रेष्ठ, सम्राट पोख्रेल , योगेन राई, दर्पन निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, म्रिनल मानन्धर र सदिक्षा पोख्रेल रहेकाछन्। दोस्रो चरणमा पुगेका प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ । तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनकालागी प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने छ । तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए ।
विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत मनोरञ्जन लिनेमा डिशहोम आशावादि रहेको डिशहोमले जनाएको छ । यस प्रतियोगीतामा सहभागी हुन ईच्छुक तर कारणवस सहभागीता जनाउन नसकेका ग्राहकलाई डिशहोमले संचालन गर्ने Quiz, Games हरु मार्फत डिशहोम संग जोडिन सक्ने बताइएको छ । यस प्रतियोगीताको निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईराला रहेका छन् । यस प्रतियोगिता ७ असारबाट सुरु भएको थियो ।

प्रकाशित : 24 August, 2020

प्रतिक्रिया दिनुहोस्