केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपा सचिवालय बैठक बोलाइयो

सहयात्रा टिभी

काठमाडौं । भाद्र–१०, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाएकाछन् ।

सचिवालय बैठक भदौ १३ गते शनिबार बस्ने भएको छ । मङ्गलबार अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले प्रधानमन्त्री निवासमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेकाथिए । कार्यदलले भदौ ६ गते अध्यक्षद्वय ओली र प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । अध्यक्षद्वय ओली र प्रचण्डले नेकपाभित्रको समस्या समाधानका लागि सुझाव दिन साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा छ सदस्यीय कार्यदल गठन पनि गरेको थियो । प्रतिवेदन माथि स्थायी कमिटी बैठकमा छलफल हुनेनेता सुवास नेम्बाङले जानकारी दिए । उक्त कार्यदलमा भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य रहेकाथिए ।

प्रकाशित : 26 August, 2020

प्रतिक्रिया दिनुहोस्