केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेसीले गरे बार्सिलोना छाड्ने निर्णय

सहयात्रा टिभी

एजेन्सी । भाद्र–१०, लियोनल मेसीले मंगलबार बार्सिलोना छाड्ने औचापरिक निर्णय लिँदै ‘ट्रान्सफर’ का लागि अनुरोध गरेका छन् । अर्जेन्टिनाका ३३ वर्षीय खेलाडी मेसीले क्लबलाई फ्याक्स गर्दै आफूले क्लब छाड्ने चाहेको बताए।

उनको अनुबन्धमा आफूले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाइने उल्लेख छ । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकसँग ८–२ ले पराजित भएपछि उनी क्लब छाड्ने निर्णयमा पुगेका थिए । ६ पल्टका बलोन डे’अर विजेता खेलाडी र बार्सिलोना व्यवस्थापनबीच लामो समयदेखि राम्रो सम्बन्ध छैन् । बार्सिलोना भने अनुबन्धअनुसार मेसीले बिनामूल्य क्लब तत्काल छाड्न सक्ने सर्त समाप्त भइसकेको बताउँछ ।बार्सिलोना सन् २०२१ सम्म कायम अनुबन्ध अनुसार मेसीलाई अन्य क्लबले किन्न ७० करोड युरो तिर्नु पर्ने सर्त रहेको बार्सिलोना  बताउँछ। मेसीको यस्तो निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्ने स्रोतले जनाएको छ।

प्रकाशित : 26 August, 2020

प्रतिक्रिया दिनुहोस्