केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टिकटकका सीईओद्धारा राजीनामा घोषणा

सहयात्रा टिभी

एजेन्सी । भाद्र –११, टिकटकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) केभिन मेयरले बिहीबार राजीनामा दिएका छन् । सीईओ नियुक्त भएको तीन महिनामै उनले राजीनामा दिएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपले राष्ट्रिय सुरक्षामा चुनौती थपेको बताउँदै ती एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि सीईओले राजीनामा दिएका हुुन् ।उनले बिहीबार टिकटकको सञ्चालक बाइटडान्सका कर्मचारीलाई आफूले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराएका थिए ।फाइनान्ससियल टाइम्सले महाप्रबन्धक भानेसा पापासले अन्तरिमकालका लागि सीईओको जिम्मेवारी लिने उल्लेख गरेको छ ।अमेरिकी राष्ट्रपति केहीअघि बाइटडान्सले कुनै अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेसम्म अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।डिज्नीका पूर्वप्रमुख समेत रहेका मेयरले गत जुनमा टिकटकको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटककै कारण दुई ठूला शक्तिराष्ट्र अमेरिका र चीनबीचको सम्बन्धमा दरार आएको छ ।अमेरिकामा बाइटडान्सले सन् २०१७ मा टिकटक एप ‘लन्च’ गरेको थियो । त्यसपछि उसले ‘म्युजिकल्ली’ नामक भिडियो एप किनेको थियो जुन अमेरिका र युरोपमा निकै लोकप्रिय भएको थियो ।विश्वभर टिकटकका प्रयोगकर्ता करिब ५० करोड छन् भने अमेरिकामा मात्रै करिब ८ करोड प्रयोगकर्ता रहेका जनाइएको छ । टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय एप हो ।

प्रकाशित : 27 August, 2020

प्रतिक्रिया दिनुहोस्