केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालका अरबपति व्यवसायी विनोद चौधरीलाई कोरोना पुष्टि

सहयात्रा टिभी

काठमाडौं । भाद्र –१२, उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको सांसदसमेत रहेका चौधरीले जानकारी दिएका छन् । शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले बताएका छन् ।

आफूमा कोरोनाका कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको र उनको स्वास्थ्य स्थिति पनि सामान्य रहेको उनले जानकारी दिएका छन् ।त्यस्तै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि उनले अनुरोध गरेका छन् ।
६५ वर्षीय चौधरी फोर्ब्सको सूचीमा परेका एक मात्र नेपालका अरबपति व्यवसायी हुन् ।

प्रकाशित : 28 August, 2020

प्रतिक्रिया दिनुहोस्