केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शनिबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक कोरोनाको कारण देखाइ स्थगित

सहयात्रा टिभी

काठमाडौं । भाद्र –१२, शनिबार बस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएकोस्रोतले बताएको छ ।

सचिवालय सदस्यसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित बैठकमा सहभागीलाई कोरोना संक्रमण देखिएकाले सचिवालय बैठक स्थगित भएको हो । पोखरेल र थापा एक साता आइसोलेसनमा बस्ने भएका छन् ।यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेता नेपाल घरमै आइसोलेसनमा बसेका थिए । नेता नेपालको आइसोलेनमा बस्ने अवधि सकिएको भोलिपल्ट अर्थात भदौ १३ गतेलाई सचिवालय बैठक तय भएको थियो ।आगामी बैठकमा विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले कोरोना संक्रमण बढेका कारण बैठक स्थगित भएको जानकारी पाएको बताए ।

प्रकाशित : 28 August, 2020

प्रतिक्रिया दिनुहोस्