केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सीपीएलको जमैका जितमा सन्दीपको २ विकेट

सहयात्रा टिभी

एजेन्सि । भाद्र–१४,क्याराबिन प्रिमियर लिग(सीपीएल)मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध जमैका ताल्लवाजले जित हात पारेको छ। शनिबार राति भएको खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिज प्याट्रियट्समाथि ३७ रनको जित निकालेको हो।


यस खेलमा सन्दीपले २ विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेको उनले २७ रन दिएर २ विकट लिएका हुन्। जमैकाले क्वीन्स पार्क ओभलमा भएको खेलमा टस जितेरपहिले ब्याटिङ रोजेको थियो।२० ओभरमा जमैकाले ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। जमैकाका लागि ओपनर ग्लेन फिलिप्सले ७९ रन बनाए। ६१ बलमा ६ छक्का र २ चौका प्रहार गरेका उनी अन्तिमसम्म क्रिजमै रहे। त्यसपछि ब्लाकवुडले २७, बोनरले १६ र आसिफ अलीले १४ रन गरे। १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्सले १९.४ ओभरमा ११० रन बनाउँदै सबै विकेट गुमायो। जमैकालाई जित दिलाउने क्रममा कार्लोस ब्रेथवेटले सबैभन्दा उत्कृष्ट बलिङ गरे। ३.४ ओभर बलिङ गरेको उनले १ ओभर मेडनसहित ३ विकेट लिएर जम्मा ११ रन दिए। अघिल्ला खेलमा उत्कृष्ट बलिङ गरेका मुजिव रहमानले यस खेलमा पनि धेरै राम्रो बलिङ गरे। ४ ओभरमा जम्मा १२ रन दिएर १ विकेट लिएकाथिए।विरासामी परमलले २, फिडेल इडवार्डले २ र सन्दीपले २ विकेट लिएका थिए।१२औं ओभरमा मात्रै बलिङमा आएका सन्दीपले यस ओभरमा ७ रन र १४औं ओभरमा १० रन दिए। १६औं ओभरमा सन्दीपले १६ बलमा २१ रन बनाएर खेलिरहेका इभिन लुइसलाई रोभमान पावेलबाट क्याच गराइ यस पेभिलिएन पठाए। यस ओभरमा २ रन मात्रै दिए। १८औं ओभरको पहिलो बलमै सन्दीपको बलमा छक्का प्रहार गरेका न्युजिल्याण्डका इश सोधीलाई लगतै अर्को बलमा सन्दीपले बोल्ड गरिदिए। यस ओभरमा ८ रन दिए। जमैकाले सीपीएलमा ६ खेलखेल्दा ३ मा जित र ३ मा हार व्यहोरेको छ। भने अकं तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित : 30 August, 2020

प्रतिक्रिया दिनुहोस्