केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना कहर : पीएसजीका ३ खेलाडीलाई कोरोना संक्रमण नेयमारमा पनि कोरोना पोजिटिभ

सहयात्रा टिभी

पेरिस । भाद्र –१८,बिहीबार पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्ना तीन खेलाडी कोराना भाइरसबाट संक्रमति भएको पुष्टि गरेको छ । त्यसमध्ये एक खेलाडी ब्राजिली स्टार नेयमार रहेको जनाइएको छ।

युरोपेली च्याम्पियन्स लिग उपविजेताले घरेलु लिग वान सुरु हुन अगाडि आफ्ना खेलाडीको कोराना परीक्षण गरेको थियो । ‘हाम्रा तीन खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।’ पीएसजीले भनेको छ । क्लबका सबै खेलाडी र स्टाफहरुको पनि केही दिनमै कोरोना परीक्षण हुने पीएसजीले बताएको छ ।क्लबले संक्रमित खेलाडीको नाम भनेको छैन, तर फ्रान्सेली समाचार संस्था (एएफपी) ले आफ्नो स्रोतलाई उद्धृत गर्दै त्यसमध्ये एक खेलाडी नेयमार रहेको जनाएको छ ।

प्रकाशित : 3 September, 2020

प्रतिक्रिया दिनुहोस्