केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘मन्त्रिपरिषद् बाहिरैबाट सहयोग गर्नुस्’ : प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौं । भाद्र –१९, मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवाडको विज्ञताको आवश्यकता अझैं पनि सरकारलाई रहेको बताएका छन् । एक मन्त्रीका अनुसार उनले साढे २ वर्ष सरकारमा रहेका खतिवडालाई धन्यवाद दिँदै अबका दिनमा मन्त्रिपरिषद् बाहिरै बसेर सहयोग गर्न पनि आग्रह गरेको स्रोतले जनाएको छ।

अर्थमन्त्री खतिवडाले त्यसको जवाफ भने नदिएको बताइएकोे छ । तर आगामी दिनमा मुलुकको अर्थतन्त्र कसरी सञ्चालन गर्ने भन्नेबारे मन्त्रिपरिषदमा उनले प्रस्तुति दिएका थिए । एक मन्त्रीले बताए अनुसार उनले अहिले अर्थतन्त्र सही ठाउँमा भएको बताएको पाइएको छ । खतिवडाले राष्ट्रिय सभामा पुनस् मनोनित नभएपछि आजै राजीनामा दिँदै छन् ।राष्ट्रियसभा सा‌ंसदको दुई वर्षे कार्याकाल सकेका खतिवडाले अर्थमन्त्रीका रुपमा थप ६ महिना काम गरेका थिए । सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री हुन नपाउने संवैधानिक प्रावधानका कारण उनी मन्त्रिपरिषद्‍बाट बाहिरिन लागेका हुन् । नेकपाले राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको त विदितै छ ।

प्रकाशित : 4 September, 2020

प्रतिक्रिया दिनुहोस्