केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भदौ मसान्तसम्म भक्तपुर नगरपालिकाभित्र सार्वजनिक यातायात बन्द

सहयात्रा टिभी

काठमाडौं । भाद्र–२७, भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र भदौ मसान्तसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।उपत्यकाको तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएर सार्वजनिक यातायात जोर–बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न अनुमति दिए पनि नगरले यस्तो निर्णय गरेको बताइएको छ ।नगरभित्रबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नम्बर १, ७ र ९ मा चल्ने छोटो दूरीका यातायातहरू भदौ ३१ गते सम्मका लागि बन्द गर्ने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।

नगरपालिकाले यातायात व्यवसायीसँगको छलफलबाट भदौ मसान्तसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय भएको उनले बताए ।त्यसैगरी, नगरप्रमुख प्रजापतिको अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले सुरक्षाका उपाय अपनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । व्यवसायीहरुले मास्क, पञ्जा लगाई शारीरिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्न आग्रह गरेको प्रजापति बताउँछन्।

प्रकाशित : 12 September, 2020

प्रतिक्रिया दिनुहोस्