केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या ५४ हजार नाघ्यो

सहयात्रा टिभी

काठमाडौं । भाद्र–२८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट नेपालमा कोरोना भाइरसका एक हजार ३९ जना सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५४ हजार १५९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एकहजार १७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३८ हजार ६९७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ ।संस्थागत आइसोलेसनमा सातहजार ७३१ र होम आइसोलेसनमा ७ हजार २८७ रहेका छन् । सकृय सङ्क्रमितहरू १५ हजार ११७ रहेका छन् । क्वारेन्टिनमा ६ हजार ५३६ रहेको मन्त्रालयले जनाएको छ ।पछिल्लो चौबीस घण्टामा नौजनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।यस्तै,आज देशभर १६९ कोरोनाका सङक्रमित आइसियुमा छन् । भेन्टिलेटरमा उपचाररत २३ जना रहेका छन् । पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, ललितपुर र भक्तपुर छन् । शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला र डोल्पा छन् ।

प्रकाशित : 13 September, 2020

प्रतिक्रिया दिनुहोस्