केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खुल्ने भयो आन्तरिक उडान, होटल रेष्टुरेन्टहरु र लामो दुरीका सवारी साधन

सहयात्रा टिभी

काठमाडौं । भाद्र–३०, कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै गत चैत ११ मा लगाइएको लकडाउनपछि बन्द रहका आन्तरिक उडान, होटल रेष्टुरेन्टहरु र लामो दुरीका सवारीहरु अब खुल्ने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने बैठकले जनाएको छ । लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था गरिएको छ ।यस्तै ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने जनाइएको छ। सर्तअनुसार सिट क्षमताको आधा मात्र यात्रु बोक्नु पर्ने र मास्क, स्यानिटाइजरलाई अनिवार्य गरिएको पनि मन्त्रिपरिषद् बैठकले बताएको छ ।

प्रकाशित : 15 September, 2020

प्रतिक्रिया दिनुहोस्