केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असोज ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द

सहयात्रा टिभी

काठमाडौं । भाद्र–३०, सरकारले कोभिड १९ को जोखिम न्यूनिकरणका लागि बन्द गर्दै आएको अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म जारी राख्ने निर्णय गरेको छ । तर भारत र चीनमा समस्यामा परेका नेपालीलाई प्रवेशका लागि थप ३ नाकामा आवागमन स्वीकृति दिइएको जनाइएको छ ।


सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाका सबै खुला सीमानाको जुनसुकै स्थानबाट असोज ३० सम्म प्रवेश निषेध गरिएको जानकारी दिए ।  मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले सबै अन्तर्राष्ट्रिय नाकाहरुमा प्रवेश निषेध गरिए पनि समस्यामा परेका नगारिकलाई निश्चित नाकाबाट आउन दिने बताएका छन् । उनले यसअघि छिमेकी देशहरुबाट १० वटा नाकाबाट समस्यामा परेका नेपालीलाई प्रवेश दिइएकोमा सोमबारको बैठकले थप ३ नाकालाई आवागमनको लागि स्वीकृति दिइएको जानकारी दिए ।प्रवक्ता ज्ञवालीले इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाँट नाकाबाट समेत अब नेपालीहरु स्वेदेश फर्कन पाउने बताए । यसअघि भारतबाट १० वटा नाकाबाट प्रवेश अनुमति रहेको थियो । मन्त्रिपरिषद्ले चीनतर्फ रसुवागढी प्रवेश विन्दुबाट समेत समस्यामा परेका नेपालीलाई आउन दिने गरी निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी दिएकाछन् ।सरकारले कोरोना संक्रमण रोक्न अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय यही भदौ ३१ सम्म कायम गरेको थियो ।

प्रकाशित : 15 September, 2020

प्रतिक्रिया दिनुहोस्