केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज विश्वकर्मा पुजा

सहयात्रा टिभी

काठमाडौं । आश्विन– ०१, आश्विन सङ्क्रान्तिका दिन अर्थात आज विश्वकर्माको पूजाआजा गरेर विश्वकर्मा पर्व मनाइँदै छ । विश्वकर्मा पुजाको अवसरमा बर्ष भरी कुनै अप्रिय घटना नहोस् भनी मेसिन तथा औजारहरुको पूजा गर्ने चलन रहेको छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धार्मिक विश्वास छ । आजको दिन आफना मेसिन र मेसिनजन्य सामानहरुलाई राम्रो संग सफा गरी पुजागर्ने गरिन्छ । पुजाको दिन उद्योग, कलकारखान, विभिन्न किसिमका गाडिहरु, प्रेस मेसिनलगायत सामानहरुको पुजा गरिन्छ ।

प्रकाशित : 17 September, 2020

प्रतिक्रिया दिनुहोस्