केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

सहयात्रा टिभी

काठमाडौं । आश्विन– ०१, एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी ट्वीटर प्रयोगकर्ता यूको मोहरीले सबैभन्दा पहिले यो तस्बिर पोस्ट गरेका हुन् । उनको यो पोस्टलाई २० हजार पटक सेयर गरिसकिएको छ ।

उक्त तस्बिरमा देखिए अनुसार एउटा साँघुरो भर्याङमाथि एक तल्ले घर बनेको जस्तो देखिन्छ । यस्तो घरले संसारभरीका धेरैलाई चकित पारेका हुनसक्छ, अझ त्यसमाथि पनि भूकम्प आइरहने जापानजस्तो देशमा यस्तो घर बन्नु चकित नै पारिदिन्छ । उक्त ‘च्याउ घर’ जापानको आजुमिगावा टाउनमा अवस्थित छ । यो घर किन यस्तो बनाइयो, यसको कारण भने पत्ता लाग्न सकेको छैन ।अडिटी- सेन्ट्रल

प्रकाशित : 17 September, 2020

प्रतिक्रिया दिनुहोस्