केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना आएर ठीकै भयो, घिनलाग्दा मानिससँग हात मिलाउनुपरेन : ट्रम्प

सहयात्रा टिभी

एजेन्सी । असोज–०२, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरणको संक्रमणका कारण घृणित मानिसहरुसँग हात मिलाउनुपर्ने समस्याबाट मुक्त भएको प्रतिक्रिया दिएका छन् । यो कोभिड राम्रै कुरा रहेछ । मलाई मानिसहरूसँग हात मिलाउन मन लाग्दैन । घिनलाग्दा मानिसहरूसँग मैले हात मिलाइरहनुपरेको छैन,’ ट्रम्पले कोरोनाभाइरस कार्यदलको एक बैठकमा भनेको अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी सहयोगी ओलिभिया ट्रोएले पदबाट राजीनामा दिँदै ट्रम्पले भनेको उक्त कुरा एक बैठकमा बताएकी हुन् ।

घिनलाग्दा मानिस भनेर ट्रम्पले ठ्याक्कै कसलाई इंगित गरेका हुन् भनी ट्रोएले स्पष्ट पारिनन् तर ट्रम्पकै निकटका मानिस तथा उनलाई समर्थन गर्नेहरू नै भएको संकेत दिइन् ।

प्रकाशित : 18 September, 2020

प्रतिक्रिया दिनुहोस्