केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स‌ंविधान दिवसको अवसरमा चिनियाँ राष्ट्रपति सीद्धारा शुभकामना व्यक्त

सहयात्रा टिभी

बेइजिङ। असोज–०४,स‌ंविधान दिवसको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको भन्दै आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गर्ने बताएका छन् । स‌ंविधान दिवसका अवसरमा आइतबार समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले यस्तो विचार राखेका हुन् ।

सीले सन्देशमा गत वर्ष आफू र राष्ट्रपति भण्डारीबाट भएको आपसी भ्रमणको पनि स्मरण गरेका छन् । दुई देशले कोभिड–१९ महामारीविरुद्ध सहकार्य गरेबाट आपसी मित्रता अझ सुदृढ तथा गहिरो भएको पनि सीले बताएकाछन् ।उनले भने, ‘चीन–नेपाल सम्बन्धको विकासमाथि उच्च ध्यान दिनुका साथै राष्ट्रपति भण्डारीसँग विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गरी दुई देशका जनतामाझ अरू लाभ पुर्याउने इच्छा छ’ ।त्यस्तै आइतबार नै चीनका प्रधानमन्त्री ली खछ्याङले पनि संविधान दिवसको अवसरमा समकक्षी केपी शर्मा ओलीलाई शुभकामना व्यक्त गरेका छन् ।उनले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी भएको बताउँदै केही वर्षदेखि दुई पक्षबीच विभिन्न क्षेत्रको सहयोग स्थिर रूपमा अघि बढिरहेको उल्लेख गरे । लीले पनि नेपालसँग मिलेर महामारीविरुद्ध संघर्ष गर्नुका साथै विभिन्न क्षेत्रको सहयोग अघि बढाइएको बताए । ‘नेपाल–चीनबीच विकास तथा समृद्धि–उन्मुख युगीन मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अझ गहन पार्ने चीनको इच्छा छ,’ उनले भने ।

प्रकाशित : 20 September, 2020

प्रतिक्रिया दिनुहोस्