केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आन्तरिक हवाइ उडान ६ महिनापछि सुरु

सहयात्रा टिभी

काठमाडौं । असोज–०५, चैतदेखि ठप्प रहेका आन्तरिक हवाइ उडान ६ महिनापछि नियमितरूपमा सुरु भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको हो ।

सरकारले आजबाट मुलुकभित्रै हुने नियमित आन्तरिक उडान खोल्न अनुमति दिएसँगै व्यवसायी पनि उत्साहित छन् । अन्तर्राष्ट्रिय नियमित उडान भने २० दिनअघि नै खुला भइसकेको छ । हवाइ क्षेत्रको नियामक निकाय नेपाल उड्डयन प्राधिकरणले सोमबारदेखि हुने आन्तरिक उडानका लागि सबै तयारी पूरा भएको जनाएको छ । उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ । सीमित सङ्ख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन् । उनीहरुले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन् । कतिपय गन्तव्यमा न्यूनतम भाडादरमा नै सेवा सञ्चालन गरिने एयरलाइन्सले उल्लेख गरेका छन् । आन्तरिक उडान शुरु भएसँगै विमानस्थलमा चहल पहल बाक्लिएको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा सीमित सङ्ख्यामा चार्टर्ड र कार्गो उडान मात्र भएको आन्तरिक उडानमा नियमित उडान सेवा शुरु भएपछि आम सर्वसाधरणलाई गन्तव्य पुग्न सहज हुनेछ ।

प्रकाशित : 21 September, 2020

प्रतिक्रिया दिनुहोस्