सार्वजनिक यातायात कति जोखिममुक्त ?


सहयात्रा सम्पादकीय : कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको झण्डै छ महिनापछि सबै किसिमका सार्वजनिक यातायात सञ्चालन गरिएको छ। गत साल २०६६ चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिनामा सार्वजनिक यातायात सञ्चालन भएका हुन् । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न कतिको जोखिममुक्त छ त भन्ने प्रश्न अन्योलमै देखिन्छ।

सार्वजनिक यातायातको प्रयोग गर्नेलाई चिन्तित मात्र बनाएको छैन फरक ढंगले सोच्न बाध्य तुल्याएको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढाइएको जनगुनासो आइरहेको छ ।

यस्तै भएमा कसरी कोराना मुक्त हुनसक्छ भन्ने विषयमा नत सरकार बोलेको छ नत यातायात व्यवस्था विभागले नै गम्भीरताका साथ हेरेको छ । यसरी अनुगमन नहुँदा सवारी चालकहरुको मनपरी झनै बढिरहेको छ । तसर्थ, सर्वसाधरणको ढाड सेक्ने काम मात्रै भईरहेको छ भन्दा अत्युक्ति नहोला ।

नेपालमा सार्वजनिक यातायात नै आम मानिसहरुको आवागमनको एकमात्र साधन भएको हुनाले ती साधनहरुमा धेरैजनाबीच सम्पर्क हुन्छ । एकजना मात्रै संक्रमित छ भने अन्य धेरैमा सर्ने सम्भावना अधिक रहन्छ । तसर्थ सार्वजनिक यातायात क्षेत्रले अन्य क्षेत्रको भन्दा धेरै पूर्वतयारी र सावधानी अपनाउनुपर्ने देखिन्छ । सुरक्षितरूपमा सार्वजनिक यातयात सञ्चालन गर्न तथा सरुवा खालका भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका उपाय अवलम्बन गर्दै आम सर्वसाधरणको स्वास्थ्यमाथि खेलवाड कदापी गर्न हुदैन र पाईदैन पनि । यसर्थ, राज्यले सार्वजनिक यातयात संचालन सम्वन्धि नीति तथा कार्यको अनुगमन गर्नु अपरिहार्य देखिन्छ ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज