केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना भाइरस संक्रमणबाट भारतीय राज्यमन्त्रीको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । असोज–०८, नेपाल भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना भाइरस संक्रमणबाट बुधबार निधन भएको छ। मन्त्री अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएलगत्तै दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए ।


उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमार्फत दुःख व्यक्त गरेका छन्। उनले बुधबार ट्वीटरमार्फत भनेका छन्ः ‘सुरेश अंगडी भाजपाका एक प्रतिबद्ध कार्यकर्ता थिए । उनले कर्नाटकमा पार्टीलाई मजबुत बनाउन कडा मिहेनत गरेका थिए । उनी एक समर्पित सांसद मात्र थिएनन् एक प्रभावशाली मन्त्री समेत थिए । उनको निधनको खबर निकै दुःखदायी छ । यस दुःखको घडीमा म उनका परिवारप्रति समवेदना दिँदै उहाँहरुको साथमै रहेको जानकारी गराउन चाहान्छु । ओम शान्ति ।’

प्रकाशित : 24 September, 2020

प्रतिक्रिया दिनुहोस्