केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनुमति नलिई एसिड बेचे एक वर्षसम्म कैद सजाय

सहयात्रा टिभी

काठमाण्डौं । असोज–०९, तेजाबसम्बन्धी कसुर नियन्त्रण गर्न सरकारले अध्यादेशमार्फत नयाँ कानुन जारी गर्न लागेको छ । बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसिडको बिक्री वितरणलाई व्यवस्थित गर्ने तथा आक्रमणका घटनालाई नियमन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको हो ।

त्यस्तो कार्य गरे, गराए पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद सजाय उल्लेख छ । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण, नियमन र अनुगमन गर्न गृह मन्त्रालयका सहसचिव अध्यक्ष रहेको एक समिति पनि गठन गर्ने भएको छ । समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, वन तथा वातावरण मन्त्रालयका प्राविधिक, तेजाब वा अन्य घातक रासायनिक पर्दाथसम्बन्धी कम्तीमा स्नातकोत्तर अध्ययन गरेको र पाँच वर्ष वा सोभन्दा बढी सम्बन्धित क्षेत्रमा काम गरेका व्यक्तिबाट मन्त्रालयले मनोनयन गरेको एकजना महिला सदस्य रहनेछन् ।

प्रकाशित : 25 September, 2020

प्रतिक्रिया दिनुहोस्