केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा किसानले गरे देशभर चक्काजाम

सहयात्रा टिभी

एजेन्सी । असोज–०९, भारतमा किसानहरुले आज देशभर चक्काजामको घोषणा गरेका छन्। संसदका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा किसान संगठनले देशभर चक्काजामको घोषणा गरेका हुन्।


विधेयक ल्याएको भारत सरकारले उक्त विधेयक किसानको हितमा रहेको दाबी गरेको छ । यस नयँ विधेयकको व्यवस्थाअनुसार किसानको आम्दानी बढ्ने र बजारको समस्या हट्ने दाबी सरकारले गरेको छ । तर किसान संगठनहरुले भने सो विधेयक कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पने प्रयासको एक हिस्सा भएको भन्दै विरोध जनाइरहेका छन् । सोही विरोधस्वरूप मुलुकभर चक्काजाम घोषणा गरिएको हो ।

प्रकाशित : 25 September, 2020

प्रतिक्रिया दिनुहोस्