केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु

सहयात्रा टिभी

काठमाण्डौं । असोज– १०, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगञ्जमा कार्तिक १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम लागु हुने भएको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा राधिका थपलियाले शुक्रबार शिक्षण अस्पताल र बोर्डबिच आज सम्झौता भएको जानकारी दिँदै कार्तिक १ गतेबाट कर्यक्रम लागु हुने बताइन्।

उक्त सम्झौतामा बोर्डका तर्फबाट निमित्त कार्यकारी निर्देशक डा. राधिका थपलिया उपसचिव कृष्णप्रसाद आचार्य र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्ले र अस्पतालका योजना शाखा प्रमुख दिपक तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। हालसम्म शिक्षण अस्पतालम स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थिएन।

प्रकाशित : 26 September, 2020

प्रतिक्रिया दिनुहोस्