केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुरक्षाका मापदण्ड अपनाउँदै पर्यटन पुनरुत्थानमा लाग्न अपिल

सहयात्रा टिभी

काठमाण्डौं । असोज–११ ४१ औं विश्व पर्यटन दिवसको अवसर पारेर चोभारस्थित मञ्जुश्री पार्कमा गरिएको बृक्षारोपण कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पर्यटन पुनरुत्थानमा लाग्न अपिल गरेका छन् ।

मन्त्री भट्टराईले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेका तत्कालीन एवं दीर्घकालीन असरलाई कम गर्न र मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भनेकै पर्यटन भएकाले संसारको छानाका रूपमा विश्वमा आफ्नो पहिचान स्थापित गर्न सफल नेपाललाई अन्तराष्ट्रिय जगतमा प्रवद्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेकोसमेत उल्लेख गरेका छन् ।

प्रकाशित : 27 September, 2020

प्रतिक्रिया दिनुहोस्