केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपसभामुख रिक्त रहॅदा प्रतिपक्ष, बुद्धिजीवीहरू र कानुन व्यवसायी किन मौनः कोइराला

सहयात्रा टिभी

काठमाण्डौं । असोज–११, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले रिक्त रहेको उपसभामुख पदलाई पूर्णता दिन ढिलाइ गर्न नहुने बताएका छन्। उनले आज ट्वीट गर्दै भनेका छन्, नेपाली कांग्रेसले बिभिन्न संवैधानिक आयोगहरुमा भागबण्डा खोज्नुभन्दा संवैधानिक परिषदको (उपसभामुखको निर्वाचन) पुर्णतामा दवाव दिनुपर्ने होइन र ? परिषद सदस्य समेत रहेको उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहॅदा प्रतिपक्ष, बुद्धिजीवीहरू र कानुन व्यवसायी किन मौन ?


उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले गत माघ ६ गते राजीनामा दिएकी थिइन्। तुम्बाहाङ्फे अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्री छिन्। उपसभामुख रिक्त रहेको आठ महिना हुँदा पनि पूर्णता दिनेबारे सरकार वा प्रतिपक्ष दल मौन रहेको कोइरालाको भनाइ छ।

 

प्रकाशित : 27 September, 2020

प्रतिक्रिया दिनुहोस्