केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भन्सार छली गरेका लाखौँ मूल्य बराबरको सामान बरामद

सहयात्रा टिभी

कैलाली । असोज–११, सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा नेपाल भित्र्याउँदै गरेका लाखौँ मूल्यका साइकलका पार्ट्स, कपडा तथा सुर्तीजन्य वस्तुहरू नियन्त्रणमा लिएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलाली तथा मातहत बीओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका–३, गोब्रेला घाट इलाकाबाट भन्सार छली ल्याउँदै गरेको अन्दाजी ६४ हजार ६५० रूपैयाँ बराबरको साइकलका विभिन्न पार्टसहरू तथा सुर्तीजन्य सामाग्री बरामद गरेको हो। ती सामग्रीहरू आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित : 27 September, 2020

प्रतिक्रिया दिनुहोस्