केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईपीएमा कोलकाताको विजयी सुरुवात

सहयात्रा टिभी

एजेन्सी । असोज–११, यूएईको शेख जायद रंगशालामा भएको इन्डियन प्रिमियर लिग (आईपीए)मा कोलकाता नाईट राइडर्सले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा सनराईजर्स हैदराबादलाई सात विकेटले पराजित गर्दै कोलकाताले प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ।

टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १४२ रन जोड्न सफल भयो । १ सय ४३ रनको लक्ष्य पाएको कोलकाताले उक्त लक्ष्य १८ ओभरमा मात्र ३ विकेटको क्षतिमा १२ बल बाँकी छँदै पूरा गर्‍यो । आईपीएलमा हैदराबादको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स ब्याङ्गलोरसँग पराजित भएको थियो ।

प्रकाशित : 27 September, 2020

प्रतिक्रिया दिनुहोस्