केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बलात्कारपछि हत्या प्रकरणमा हाम्रो राज्य नै दोषीः भट्टराई

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१२, जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि ल्याएका छन् । भट्टराईले राजतन्त्रकालका नमिता– सुनितादेखि गणतन्त्रकालका कञ्चनपुरकी निर्मला पन्त र बझाङकी सम्झना बिकको बलात्कारपछि हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भइसकेको समेत बताएका हुन् ।

भट्टराईले ट्वीटरमा लेख्नुभएको छ । ’राजतन्त्र कालका नमिता–सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त – सम्झना विकसम्मको बलात्कार–हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो । अब यसो गरौंस – १. अपराधी नपक्रनेरमुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कारबाहीस २. अदालतमा छुट्टै बेन्चको स्थापना ३. अपराधीलाई मृत्युदण्ड!’ गत बुधबार बझाङको मष्टा गाउँपालिकास्थित शिव मन्दिरभित्र १२ वर्षीया सम्झना बिक बलात्कारपछि हत्या गरिएको अवस्थमा भेटिएकी थिइन् । अपराधी नपक्रने र मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारवाही जरुरी रहेको उनको भनाइ छ ।

प्रकाशित : 28 September, 2020

प्रतिक्रिया दिनुहोस्