केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अध्यक्षद्वय ओली र दाहालबीच भएन सहमति

सहयात्रा टिभी

काठमाडौं । असोज–१२, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अझै पनि सहमति जुट्न सकेन । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सोमबार भएको भेटवार्तामा पनि अध्यक्षद्वय ओली र दाहालबीच सहमति जुट्न नसकेन हो ।


मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन दुई अध्यक्षबीच बिहीबारयता लगातार छलफल भइरहेको छ । सोमबार साढे १ घण्टा दुई अध्यक्षबीच भएको भेटवार्तामा पनि ठोस सहमति भएन । मन्त्रिमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रीहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।

प्रकाशित : 28 September, 2020

प्रतिक्रिया दिनुहोस्