केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाँदरका लागि वनमै फलफूल रोपण

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१३, बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण शुरु गरेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमै रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण शुरु गरेको हो ।


यस अभियानअन्तर्गत यसपालि बर्खामा एक हजार पाँच सय फलफूलका बिरुवा रोपिएको समितिका अध्यक्ष घनश्याम न्यौपानेले बताए। ‘वनमा खानेकुरा नभएपछि बाँदर बस्ती पस्ने हुन्,’ अध्यक्ष न्यौपानेले भने, ‘हामीले बाँदरका मन पर्ने फल वनमा भेटिउन् भनेर यस पालिदेखि सघन फलफूल रोपण सुरु गरेका हौँ ।’ यसपालि अम्बा, अमला, जामुन, फडिर र महुवा गरी एक हजार पाँच सय बिरुवा रोपिएको न्यौपानेको भनाइ छ। नयाँ फलफूल र अन्य वनस्पति रोपिएसँगै वन क्षेत्र घना हुँदै जाने र वन्यजन्तु त्यहीँ रमाउने अध्यक्ष न्यौपाने बताए।

प्रकाशित : 29 September, 2020

प्रतिक्रिया दिनुहोस्