केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन प्रतितोला ९ सय बढ्यो

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१३, नेपाली बजारमा आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको आजको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार भने सुनको मूल्य स्थिर भएको थियो ।

आज तेजावी सुन तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १,१७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : 29 September, 2020

प्रतिक्रिया दिनुहोस्