केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जानिराखौं तोरीका अचुक फाइदा  

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१३, तोरी वा कालो तोरी हरेक नेपालीहरुको भान्छामा पाइने एक प्रकारको मसला हो। यसको प्रयोग तेलको उत्पादन गर्न देखि लिएर मसलाको रुपमा   अचारको स्वाद र खानाको स्वादसम्म बढाउन प्रयोग गरिन्छ। यसमा पाइने विभिन्न गुणहरुका कारण यो एक प्रकारको औषधी मुलक वनस्पति हो।  तोरीमा पाइने विशेष पोषक तत्वको कारण यसले क्यान्सरदेखि हृदयरोगसम्मको लागि उपयोगी हुने गर्दछ। जानिराखौं तोरीका १० अचुक फाइदा

१. क्यान्सरको रोकथाम: तोरीमा पाइने ग्लुकोसिनोलेट्स र मायरोसिनेज जस्ता तत्वले शरीरमा क्यान्सर निम्त्याउने कोषिकाहरुको बृद्धिलाई रोक्दछ।

२. टाउको दुखाइ कम गर्न सहयोगी: यदि कसैलाई टाउको दुख्ने र माइग्रेनको समस्या छ भने तोरीले त्यस्ता व्यक्तिहरुलाई अत्याधिक लाभ प्रदान गर्दछ। तोरीमा पाइने म्याग्नीशियमले स्नायु प्रणालीलाई आराम दिई टाउको दुखाई तथा शरीर दुख्ने समस्याहरु पनि निर्मुल गर्दछ।

३. पाचन प्रणालीमा सुधार: तोरीमा भरपुररुपमा फाइबर हुने गर्दछ जसका कारण यसले कब्ज्यित तथा अनावश्यकरुपमा पेट फुल्ने समस्याहरुलाई ठिक गर्दछ। जसनुरूप पाचन प्रणाली सुधार हुनुका साथै आन्द्रा सफा गर्न पनि मद्दत गर्दछ।

४. मुटु रोगको रोकथाम: मानिसको स्वास्थमा चाहिने राम्रो कोलेस्ट्रोलको मात्रा तोरीले प्रदान गर्ने गर्दछ। साथै, तोरीले शरीरमा भएका नराम्रो कोलेस्ट्रोललाई नियन्त्रण गरि रक्त प्रवाह राम्रोसंग हुन मद्दत गर्दछ।

५. हड्डीलाई बलियो बनाउने : तोरीमा पाइने सेलेनियम भन्ने खनिजले हड्डीलाई बलियो बनाउनुका साथै यसले जोर्नीको दुखाई तथा छालाको लागि पनि उपयोगी हुन्छ।

६. पाइल्सबाट छुटकारा: नियमितरुपमा बिहान मनतातो पानीमा १/२ चम्चा तोरीका दाना सेवन गर्दा यसले पाइल्सलाई जरैबाट ठिक पार्दछ।

७. महिनावारिमा फाइदा: मासिकरुपमा हुने महिनावारिमा यदि रगत प्रवाह बढी हुन्छ भने तोरीको धुलो बनाई १ ग्राम उक्त तोरीको धुलोलाई १ गिलास दुधसंग सेवन गर्दा यसले महिनावारिमा हुने समस्याबाट जोगाउछ।

८. छालाको समस्याबाट छुटकारा: तोरीका दाना पिनेर त्यसमा एस्सेन्सिअल्स ओइल मिलाई त्यसको स्क्रव तयार गर्नुहोस। स्क्रव तयार भइसकेपछि हल्का हातले अनुहारमा मसाज गर्नुहोस र त्यस प्याकलाई ५ मिनेट छोड दिनुहोस।  ५ मिनेटपछि आफ्नो अनुहारलाई चिसो र ताजा पानिले धुनुहोस यसो गर्दा अनुहारको छालालाई अत्याधिक लाभ हुने गर्दछ।  यसलाई हप्तामा २ पटक सम्म गर्नुपर्ने हुन्छ।

९. सुख्खा छालाको लागि उपयोगी: तोरीले छालालाई हाइड्रेट गर्न महत्वपूर्ण भूमिका खेल्दछ। जसकालागि १ चम्चा तोरीलाई पिनि त्यसमा घ्युकुमारीको जेल मिसाएर एउटा मिश्रण वा लेप तयार गर्नुहोस। लेप तयार भइसकेपछि हल्का हातले त्यसलाई अनुहारमा राम्रोसंग मसाज गरि २ मिनेटको लागि छोडदिनुहोस र पछि चिसो पानिले बिस्तारै अनुहार पखाल्नुहोस्।  यसो गर्दा छालालाई प्रसस्तरुपमा पोषणहरु मिल्दछ र छाला चम्किलो देखिने गर्दछ।

१०. लामो र चम्कीलो कपाल:  तोरीले कपाललाई लामो र चम्कीलो गर्न मद्दत गर्दछ। यसको लागि २ चम्चा तोरीलाई मनतातो पानिमा पिनेर एउटा लेप बनाइ आफ्नो टाउकोमा लगाउँदा कपाल लामो र चमकदार हुने गर्दछ। यसलाई २० मिनेटसम्म राख्नुपर्ने हुन्छ।

प्रकाशित : 29 September, 2020

प्रतिक्रिया दिनुहोस्