केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोनाको कहरमा नेपालीको बडा दशैं

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय : यतिवेला कोरोना भाइरस (कोभिड १९) संक्रमणले विश्वलाई आफ्नो चपेटामा लिएको छ । विश्वलाई नै तहस नहस बनाएको कोरोना भाइरसले नेपालमा पनि धेरैको मनलाई भत्काइदिएको छ । कोरोना संक्रमित नेपालमा पनि महामारीका रुपमा फैलिसकेको छ । हुनत सरकारले यो महामारीबाट बच्न गत सालको चैत ११ देखि साउन ६ गतेसम्म लकडाउन र त्यसयता निषेधाज्ञा पनि गरेको थियो । तर पनि यो महामारीबाट नेपाल बच्न भने पाएन ।

यो महामारीसंगै पूर्णरुपमा लकडाउन खोलिसकेको छ । लकडाउन पूर्णरुपमा खोलिए पनि यस महामारीको त्रास भने अझै टर्न सकेको छैन । नेपालीहरुको महान् पर्व बडा दशैं नजिकिदै गर्दा झन यसको त्रास बढिरहेको छ । यही त्रासका कारण धुमधामसँग मनाइने बडा दशैंमा यो पटक भने त्रासमय नरहला भन्न सकिन्न । यो संगै हाल दैनिक १ हजार देखि २ हजारसम्म कोरोनाका बिरामीहरु फेला पर्न थालेका छन् । यसरी कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड ईन्सिडेन्ट कमान्ड सिस्टमले २५ हजारभन्दा बढि सक्रिय संक्रमित भएको अवस्थामा फेरि १ महिना लकडाउन गर्न सुझाव दिएको छ । सो सुझावलाई आधार मान्ने हो भने दशैंको मुखमै लकडाउन हुने निश्चित छ । किनकि दैनिक १५ सयको हाराहारीमा कोरोनाका बिरामी फेला पर्न थालेपछि २५ हजार सक्रिय संक्रमित हुन धेरै दिन बाँकी छैन ।

News18 Nepal || भोलि घटस्थापना, नवरात्रभर यसरी गर्नुस् पूजा - News18 Nepal

यस वर्ष दशैं कात्तिक ७ गतेदेखि रहेको छ । यद्यपी टिका भने १० गते रहेको छ । अबको ठीक एक महिना सुरु हुने दशैंसँगै सरकारले लकडाउन गर्ने सम्भावना पनि बढ्दै गएको छ । दशैंमा अधिकांश मानिसहरु घर फर्किने भएकाले पनि यसपटक सरकारले यही पर्वलाई नै लक्षित गरेर लकडाउन गर्न खोजिएको अनुमान धेरैको छ । फेरि पनि सरकारले एक महिना लकडाउन गर्यो भने पुनः आर्थिक गतिविधि ठप्प नै हुनेछ भने जनजीवन फेरि निकै कष्टकर हुने  देखिन्छ ।

यसको प्रत्यक्ष मारमा आम सर्वसाधरण लगायत दिनभर ज्यालामजदुर काम गरेर विहान बेलुकाको छाक टार्ने वर्गलाई भने यो दशैं र तिहार दशैं होइन् दशा बनेर आउने छ । यसमा राज्यले जति सक्दो राहतका कार्यक्रमहरु ल्याएर जनतालाई ढुक्कसंग चार्डवाड मनाउने सहज वातावरण सिर्जना गरिदियोस् ।

प्रकाशित : 30 September, 2020

प्रतिक्रिया दिनुहोस्