केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्तो अनौठो झरना, जहाँको आगो कहिल्यै निभ्दैन

सहयात्रा टिभी

एजेन्सी । असोज–१५,  विश्वमा धेरै अनौठा लाग्दा चिजहरु छन् । संसारमा रहेको यस्ता अनौठा चिजहरु पनि पत्ता लागेका छन्, जुन सुन्दा पत्यार नै लाग्दैन । अनौठो र सत्य हुने घटनाहरु जोकोहीले सुन्दा पनि अचम्म लाग्छ । यस्तै संसारमा यस्तो झरना पनि छ, जहाँ सधै बत्ति बलिरहेको देखिन्छ ।

संसार धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिसहरुलाई चकित तुल्याउँछ । यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्छ । त्यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा रहेको छ ।

उक्त झरना एउटा रहस्यमय ढुङ्गाको माथिबाट बगिरहेको छ । ढुङ्गा तल र झरनाको भित्र उक्त बत्ति देखिन्छ । लगातार झरना बगिरहे पनि त्यो बत्ति निभ्दैन । झरनाको तल कयौँ वर्षदेखि आगो बलिरहेको छ । न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा रहेको उक्त झरनालाई एटरनल फ्लेम पनि भनिन्छ ।

निरन्तर बगिरहने झरना तल आगो बलिरहेको देख्दा स्थानीयहरुले यसलाई दैवी चमत्कार पनि मान्ने गरेका छन् । यहाँ यो आगो हेर्न मानिसहरुको भीड लाग्ने गर्छ । यस बारे भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले अनुसन्धान गर्दा ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन् ।

प्रकाशित : 1 October, 2020

प्रतिक्रिया दिनुहोस्