केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भीडभाड नगरी नयाँ नोट सटही गर्ने तयारीमा राष्ट्र बैंक

सहयात्रा टिभी

काठमाडौं । असोज–१७, विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यसपालीको दशैंमा नयाँ नोट सटही प्रभावित हुने भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई अप्ठेरो नपरोस् भन्ने उद्देश्यले भीडभाड नगरी सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदैछ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले केही दिनमै भीडभाड नगरी नयाँ नोट सटही गर्ने विषय टुंगो लगाउने बताए । ‘भीडभाड नगर्ने गरी व्यवस्था मिलाउने पक्षमा छौँ ।’ कार्यकारी निर्देशक नेपालले भने । नयाँ नोट सटही गर्दा धेरै भीडभाड हुने गर्छ । संक्रमण बढिरहेका बेला नयाँ नोट सटही गर्दा झन संक्रमण बढ्ने हो कि भन्ने आशंकाका कारण राष्ट्र बैंकले नयाँ नोट सटहीबारे अझै टुंगो लगाउन नसकेको हो । संक्रमणको प्रभाव हेरेर असोज १५ गतेसम्म नयाँ नोट सटही बारे निर्णय गरिने बताइए पनि अहिलेसम्म त्यसको टुंगो लागेको छैन ।

प्रकाशित : 3 October, 2020

प्रतिक्रिया दिनुहोस्